
११ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।
९ माघमा लाभांश सम्बन्धी सूचना सेयर कारोबार भइरहेको समयमा विहान ११ बजेर ४ मिनेटमा नेप्सेमा प्राप्त भएको भन्दै सोही दिन नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीले नेप्सेलाई स्पष्टीकरण पठाएको र प्राविधिक समस्याले अन्यथा हुन पुगेको र अब उप्रान्त त्यस्तो कमीकमजोरी नगर्ने/नगराउने प्रतिबद्धता व्यक्त गरेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अक्षरस पालना गर्न सचेत गराउँदै रोक्का रहेको सेयर कारोबार बुधबारबाट फकुवा गरेको नेप्सेले जनाएको छ ।
९ माघ विहान बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ मो मुनाफाबाट ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांशको सूचना नेप्सेमा कारोबार समयमा पठाएपछि नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको गरेको थियो ।
प्रतिक्रिया 4