
काठमाडौं । ‘कबड्डी’ र ‘दुई नम्बरी’ फेम्ड अभिनेत्री उपासना सिंह ठकुरी अभिनयसँगै पढाइमा पनि उत्तिकै लगनशील देखिन्छिन् । फिल्मका कैयौं पत्रकार सम्मेलनमा उनले अभिनयसँगै पढाइको महत्वबारे पनि बोलेकी छन् । फिल्मसँगै पढाइलाई अघि बढाउने उनको प्रतिबद्धता पनि सुन्दै आएको कुरा हो ।
उपासनाले यसैसाता स्नातक तह उत्तीर्ण गरेकी छन् । आफूले कलेज तह पार गरेपछि उपासनाले दर्शकमाझ खुसी बाँडेकी छिन् । होटल हायातमा आयोजित कलेजको दीक्षान्त समारोहमा उपासनाले औपचारिक रुपमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझिन् । आफ्नो अध्ययनबारे जानकारी दिन उनले दीक्षान्त समारोहका तस्वीर सार्वजनिक गरेकी छन् ।
पछिल्ला वर्षहरु उपासनालाई भाग्यमानी बने । एकातर्फ उनी स्नातक उत्तीर्ण भइन् । अर्कोतर्फ, ‘कबड्डी ३’ र ‘दुई नम्बरी’जस्ता उनी अभिनित फिल्म सुपरहिट बने । यी दुई फिल्मले उनलाई एकाएक व्यावसायिक करिअरमा माथि पुर्याए । ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म ‘हात्तीछाप’मा उपासना अनुबन्धित भएकी छन् र चाँडै छायांकनमा जाने तयारी छ ।
उपासनाले सन् २०१९ को फिल्म ‘क्याप्टेन’बाट अभिनय करिअर थालेकी हुन् ।
प्रतिक्रिया 4