
काठमाडौं । चलचित्र कलाकार संघले संविधानविद् डा. भीमार्जुन आचार्य, दन्त विशेषज्ञ डा. सुवास घिमिरे र समाजसेवी श्याम खड्कालाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै विधानको परिच्छेद २ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष योगदान पुर्याएबापत सदस्यता प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ-आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ ।
संघले यसअघि अभिनेत्री मनिषा कोइराला लगायतलाई पनि सदस्यता प्रदान गरेको थियो ।
संविधानविद् आचार्य संगीत क्षेत्रमा समेत उपस्थिति जनाउँछन् । अर्जुन मिलनको नामले सांगीतिक क्षेत्रमा परिचित उनका ‘सबैले त देशबाट’, ‘मौनताको सहर’ लगायत गीत रुचाएका छन् ।
प्रतिक्रिया 4