+
+

प्रदीप खड्कालाई लिएर फिल्म ‘कामिनो’ बन्ने, ब्राजिल र मेक्सिकोमा छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:४०

काठमाडौं । दीपक वलीले निर्देशन गर्ने फिल्म ‘कामिनो’मा प्रदीप खड्का अनुबन्धित भएका छन् । प्रदीपको नाम उल्लेख भएको टिजर पोस्टर निर्माताले नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् ।

नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा बन्ने फिल्मलाई एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने भएको हो । स्पेनिस भाषामा इएल कामिनोको अर्थ बाटो हो ।

महेश दवाडीको लेखन रहेको फिल्ममा सुनिल बिष्ट गौली कार्यकारी निर्माताको रुपमा रहेका छन् । पोस्टरमा समुन्द्रमा आप्रवासी चढेको पानीजहाज चित्रित छ । दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा फिल्ममा छ ।

फिल्म दक्षिण अमेरिकी मुलुक ब्राजिल र मेक्सिकोमा मार्चबाट छायांकन हुने निर्देशक वलीले जानकारी दिए । फिल्मको मुख्य अभिनेत्री भने तय भइनसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?