
११ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)का टिकट बिक्री बढाउने र दरका सम्बन्धमा रहेका समस्या समाधान गर्न निगम र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले संयुक्त समिति गठन गरेका छन् ।
बुधबार दुई संस्थाबीच टिकट दर, सरलीकृत ढंगले टिकट बिक्री व्यवस्थापन, ग्रुप फेयर, उडानसम्बन्धी प्रभावकारी जानकारी लगायत विषयमा छलफल भएको हो । निगमकको हवाई टिकटको बिक्री बढाउन भन्दै यस्तो समिति बनाइएको हो ।
यी विषय १५ दिनभित्र समस्या समाधान गर्ने गरी निगम र नाट्टाका दुबै पक्षका ४/४ जना सदस्य रहने गरी समिति गठन भएको हो ।
समितिमा नेवानिका तर्फबाट निगमको वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, अर्थ विभागका निर्देशक उमेश पौडेल, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अनिल पाण्डे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे सदस्य छन् ।
नाट्टाका तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणी थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी सदस्य रहेका छन् ।
प्रतिक्रिया 4