
११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4