
१२ माघ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले माछापुछ्रे गाउँपालिका–१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकले ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा र बंैकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न पनि गरेको छ ।
डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डेसनको सहकार्य तथा हिमालयन बंैकको आर्थिक सहयोगमा मिति ४ माघदेखि ६ माघ सम्म निःशुल्क आँखा परीक्षण शिविर भएको हो ।
उक्त तीन दिने शिविरमा माछापुछ्रे् गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएर लाभ लिएका थिए ।
बंैकले कर्मचारी संगठनको समन्वयमा ७ माघमा कमलादीस्थित केन्द्रिय कार्यालयमा भएको रक्तदान कार्याक्रममा करिब १०० जनाले रक्तदान गेका थिए ।
प्रतिक्रिया 4