
१२ माघ, काठमाडौं । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि बबरमहलबाट पक्राउ गरिएको अनलाइनखबरलाई बताए ।
थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4