+

रोनाल्डो सम्मिलित अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

२०७९ माघ  १३ गते १०:३८ २०७९ माघ १३ गते १०:३८
रोनाल्डो सम्मिलित अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

१३ माघ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो ।

तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।

अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे ।

अल नासरका लागि तलिस्काले एक गोल फर्काए ।

अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

अल नासर क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय