
‘देशको नेता मात्र होइन, हामी सबै भ्रष्टाचारी
परिवर्तन आवश्यक छ, म चाहिं बन्छु क्रान्तिकारी’
र्यापर फ्रेस एपीको नयाँ र्याप गीत ‘क्रान्तिकारी’ सार्वजनिक भएको छ । भ्रष्टाचार, बेथिति र अस्थिर राजनीतिलाई कटाक्ष गर्दै तयार पारिएको यो गीतको कम्पोज आकर्षक लाग्छ । स्वयं र्यापर फ्रेस एपीको गीत लेखन र प्रस्तुति रहेको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
फ्रेस एपीको डेब्यु एल्बम ‘बेटर डेज’मा समावेश रहेको यो गीतलाई युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया मिलिरहेको छ । गीतमा प्रयुक्त ग्राफिक्सले स्टोरी टेलिङलाई मार्मिक र आकर्षक बनाएको छ । र्याप गायनमा रुचि राख्ने दर्शकलाई यो गीत मन पर्न सक्छ ।
पछिल्लो समय राजनीतिक र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारविरुद्ध धमाधम र्याप गीत बनिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4