
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पद खारेज गरेसँगे सरकारकी प्रवक्ता एमव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सर्वोच्चको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने बताएकी छिन् ।
‘सर्वोच्चको फैसला सरकारले नमान्ने भन्ने कुरा भएन, बाँकी कुरा सम्बन्धित दल र मन्त्रीले गर्नुहोला,’ शर्माले अनलाइनखबरसित भनिन् ।
फैसलापछिको अवस्थाबारे मन्त्रीपरिषद र सत्ता साझेदार दलसँग छलफल हुने शर्माको भनाइ छ। ‘फैसलापछिको अबस्थाबारे मन्त्रीपरिषद बैठकमा छलफल हुन्छ,’ उनले भनिन्, ‘यसबारे सत्ता साझेदार दलहरुसँग पनि छलफल गरेर टुंगोमा पुग्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4