
१४ माघ, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेमा द्वन्द्व नम्तिने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापनाको अन्तर्क्रिया कार्यक्रममा उनले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरेका हुन् ।
महाचिव गौतमले हरेक १५ वर्षमा देशको संविधान परिवर्तन गरेर जान नसकिने बताए । संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको पनि उनको जिकिर छ ।
‘अब संघीयतालाई फेरि अर्को क्वेसन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौंला ? हामी १०÷१५ वर्षमा कन्स्टिट्युसन (संविधान) फेर्र्दै जाने ?’ उनले भने, ‘फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौं न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरु के हुन्छन् ? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना छ । संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौँ ।’
प्रतिक्रिया 4