१४ माघ, काठमाडौं । बेलारुसकी आर्यना साबालेन्काले करियरकाे पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी छन् ।
विश्व नम्बर पाँच टेनिस खेलाडी साबालेन्काले शनिबार अष्ट्रेलियन ओपनकाे फाइनलमा एलेना राइबाकिनामाथि पुरागमन जित निकाल्दै पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी हुन् ।
मेलवर्नमा भएकाे फाइनलमा पहिलाे सेट राइबाकिनाले ६-४ ले जित्दै अग्रता लिएकी थिईन् । तर २४ वर्षीया साबालेन्काले त्यसपछिका दुई सेट ६-३, ६-४ ले आफ्नाे पक्षमा पारिन् ।
युक्रेनकाे युद्धमा बेलारुसले रुसकाे समर्थन गरेकाे कारण साबालेन्काले तटस्थ झण्डामुनि उपाधि जितिन् । यसअघि विम्बल्डन ओपन जितेकी कजाखस्तानकी राइबाकिना अग्रता लिएर पनि दाेस्राे ग्राण्डस्लाम जित्न सकिनन् ।
प्रतिक्रिया 4