
१५ माघ, दाङ । दाङका अनलाइनखबर संवाददाता आभास बुढाथोकी पुरस्कृत भएका छन् ।
घोराही उपमहानगरपालिकाकाे ४५ औं स्थापना दिवसको अवसरमा अनलाइनखबरका दाङ संवादाता बुढाथोकी सहित तीन जना सञ्चारकर्मी पुरस्कृत भएका हुन् । पत्रकारिताको क्षेत्रबाट नागरिकलाई सुसूचित गर्ने कार्यमा भूमिका खेलेको भन्दै पत्रकारहरु बुढाथोकी, छवि पुरी र अमर क्षितिज भण्डारी पुरस्कृत भएका छन् ।
लुम्बिनीका मुख्य मन्त्री लिला गिरिले पुरस्कृत हुने तीन जनालाई सम्मान पत्र प्रदान गरेका हुन् ।
त्यस्तै कला क्षेत्रबाट कलाकार कमल गाउँले पनि पुरस्कृत भएका छन् । उपमहानगरले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4