
१५ माघ, जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4