
१५ माघ, जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् ।
गत पुस २९ गते जसपाबाट बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका यादवलाई माघ १२ गते अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्री यादवले आइबार दिउँसो पदभार ग्रहण गर्दै सरकारको राजश्व बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए ।
बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4