
१५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १ का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेश छलफलका लागि भन्दै माघ २३ गते दुवै पक्षलाई अदालत बोलाएको छ । अदालतले अन्तरिम आदेशका लागि माघ २३ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
गत असोज ९ गते तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईले परिवर्तन राईलाई मुख्यन्यायधिवक्ता नियुक्त गरेका थिए । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि माघ १० गते पदमुक्त गर्दै गजेन्द्र आचार्यलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।
प्रतिक्रिया 4