
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको खाँबुस्थित श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई विपन्न परिवारका बालबालिकालाई न्यानो स्वेटर वितरण गरेको बैंकले जनाएको छ । विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरिएको बैंकले बताएको छ ।
यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई ४० थान ब्ल्यांकेट वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4