+

अग्रता फराकिलो पार्दै नापोली, इन्टरमाथि १३ अंकको अग्रता

२०७९ माघ  १६ गते ८:४५ २०७९ माघ १६ गते ८:४५
अग्रता फराकिलो पार्दै नापोली, इन्टरमाथि १३ अंकको अग्रता

१६ माघ, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोलीले रोमालाई २-१ ले पराजित गर्दै अग्रता फराकिलो बनाएको छ ।

दोस्रो स्थानको इन्टरमाथि १३ अंकको अग्रता बनाएको नापोलीले उपाधि होड बलियो बनाएको छ ।

जिओभानी सिमओनीले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नापोलीले तीन अंक जोडेको हो ।त्यसअघि खेलको १७ औं मिनेटमा भिक्टरले ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

रोमाका स्टेफान अल सारावेले ७५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर खेल सकिन चार मिनेट बाँही हुँदा जिओभानीले गोल गरेपछि नापोलीले जित निकालेको हो ।

जितपछि नापोलीको २० खेलबाट ५३ अंक छ । समान खेलबाट ४० अंकसहित इन्टर दोस्रो स्थानमा छ ।

छैटौं स्थानमा रहेको रोमाको ३७ अंक छ ।

 

इटालियन सिरी ए नापोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय