
१६ माघ, पोखरा । गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका पोखराका अटो व्यवसायी सौरभ थापा २ हजार ८०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।
अभद्र मुद्दामा पक्राउ परेका उनलाईज् जिल्ला प्रशासन कार्यालय कास्कीले २ हजार ८०० रुपैयाँ जरिवानामा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए ।
पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि गत बिहीबार राति ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको प्रहरीको भनाइ छ ।
रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोके पनि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर हानेको प्रहरीले बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4