१६ माघ, काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् ।
दुई मध्ये एक क्लब मात्र फाइनल पुग्ने छन् ।
स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । केही दिनअघि भएको स्पानिस सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएर च्याम्पियन बनेको थियो ।
यस्तै कोपा डेल रे को अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक विल्वाओ भिड्नेछन् । कोपा डेल रे का सेमिफाइनल खेलहरु दुई लेगको हुनेछन् ।
प्रतिक्रिया 4