
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत ईएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंक सँगको सहकार्यमा आफ्ना शाओमी, पोको र रेडमीका स्मार्टफोन, टीभी लगायत ल्याप्टपमा ईएमआई सुविधा दिने भएको हो ।
अफर लञ्चको बारेमा बोल्दै शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पन्डाले कम्पनीका उत्पादनलाई मनपराउनेहरुसँग मिलेर यो वर्षको सुरुवात गर्ने सोच बनाएको बताए । नेपालमा पहिलो पल्ट यस्तो शून्य प्रतिशत ईएमआईको सुविधा ल्याएको उनले बताए । देशलाई अझै डिजिटल्ली कनेक्ट गर्ने उद्देश्यसहित विना कुनै आर्थिक झन्झट विना लेटेस्ट शाओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नका लागि यो अफर ल्याएका उनले बताए । यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले कम्पनीका उत्पादनहरु प्रयोग गर्न सक्ने विश्वास आफूहरुले लिएको उनले बताए ।
योसँगै अब उपभोक्ताहरुले शाओमी, पोको र रेडमीका टीभी, ल्याप्टप, लगायत स्मार्टफोनमा शून्य प्रतिशत ईएमआईको सुविधासँगै आफूलाई डिजिटल्ली अपडेटेड राख्न सक्ने कम्पनीको भनाइ छ । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिनासम्मका लागि लागु हुनेछ। त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको कम्पनीले बताएको छ।
प्रतिक्रिया 4