
१८ माघ, काठमाडौं । क्षेत्रीय हब विमानस्थल विराटनगरमा अब कन्भेयर बेल्टबाट ब्यागेज क्लेम गर्न सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार कन्भेयर बेल्टको उद्घाटन गरिएको हो ।
प्राधिकरणले आन्तरिक विमानस्थलमा यात्रुलाई सेवा सुविधा बढाउने उद्देश्यले पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढी विमानस्थलमा कन्भेयर बेल्ट जडान गर्ने गरी योजना अगाडि बढेको थियो । सोही अनुसार विराटनगरमा बुधबार बेल्ट उद्घाटन गरिएको हो ।
प्राधिकरणका अनुसार विमानस्थलको आगमन कक्षमा २४ सय देखि ३ हजार लगेज प्रतिघण्टा कन्भेयर बेल्टमार्फत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4