
काठमाडौं । सनराइज क्यापिटल अन्तर्गतको सनराइज म्युचुअल फण्डले १० माघदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्कासनमा ल्याएको छ । उक्त योजनामा लगानी गर्न २४ माघसम्म आवेदन दिन सकिनेछ ।
योजनाको कोष प्रबर्द्धकमा सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल हो । बन्दमुखी सामूहिक लगानी योजनाको इकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि १०० प्रतिशतसम्म सेयरका लगानी गर्ने जनाएको छ । यसलाई इक्विटी ओरिएन्टेड सामूहिक लगानी योजना पनि भन्न सकिन्छ । उक्त योजनको कुल निष्कासन हुने इकाइ मध्ये कोष प्रबर्द्धक सनराइज बैंकले बिक्री गर्ने कुल इकाइ रकमको कम्तीमा १५ प्रतिशत अर्थात १५ करोड रकम बीज पूँजीको रुपमा लगानी गर्ने जनाएको छ ।
यस्तै १ अर्ब २० करोड रुपैयाँ बराबरको उक्त योजनको न्यूनतम ६ करोड इकाइ बिक्री गर्नुपर्ने जनाएको छ । यस्तै अधिकतम १५ करोड इकासमम बिक्री हुने जनाएको छ । १० वर्षसम्म सञ्चालन हुने योजनामा सर्वसाधाणलाई १२ करोड इकाइ बिक्री गर्ने जनाएको छ । आवेदकले न्यूनतम १०० इकासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिइकाइ अंकति मूल्य १० रुपैयाँ रहेको छ ।
सनराइज फोकस्ड इक्विटी फण्डले कस्ता कम्पनीहरुका सेयरमा लगानी गर्छ ?
यसले सूचीकृत कम्पनीको बजार पूँजीकरणका आधारमा विभिन्न उच्च बजार पूँजीकरण भएका, मध्यम बजार पूँजीकरण भएका तथा कम बजार पूँजीकरण भएका कम्पनीहरु मध्येबाट उच्च प्रतिफल प्रदान गर्न सक्ने तथा भविष्यमा व्यवसायिक आकारमा उच्च वृद्धि हासिल गर्न सक्ने ३० वटा विभिन्न कम्पनीहरुमा विशेष केन्द्रित भई लगानी गर्ने जनाएको छ ।
उक्त ३० कम्पनीको पोर्टफोलियोलाई पहिलो टप १० कम्पनीहरु र थप टप २० कम्पनीहरुमा वर्गीकरण गरी प्रगतिशील व्यवस्थापन गर्ने जनाएको छ ।
पूँजी बजारमा आउने गतिशीलताको बृहत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी सूचीकृत कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण पश्चात धितोपत्रहरुमा लगानी गरी इकाइधनीहरुलाई नियमित प्रतिफल प्रदान गर्दे सम्पत्ति अधिकीकरणमा जोड दिने योजनाले जनाएको छ ।
प्रतिक्रिया 4