
१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा जडान गरेका सीसीटीभी क्यामेरामध्ये १५८ वटा मात्रै सञ्चालनमा रहेको पाइएको छ । सडक विस्तारको क्रममा ७ वटा भने प्रयोगविहीन अवस्थामा रहेको महानगरले जनाएको छ ।
प्रहरीसँगको समन्वयमा महानगरले अति संवेदनशील क्षेत्रमा १६५ वटा सीसीटीभी क्यामेरा जडान गरेको थियो । जसमध्ये सडक विस्तारको क्रममा ७ वटा सीसीटीभी क्यामेरा प्रयोगविहीन अवस्थामा रहेको महानगरको भनाइ छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौं उपत्यकामा ३ हजार २३१ सीसीटीभी क्यामेरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।
२५ माघ २०७५ मा बसेको नगर कार्यपालिकाको बैठकले शहरमा शान्ति सुरक्षा कायम गर्न तथा शहरी व्यवस्थापनका क्रियाकलापमा निगरानी गर्नका लागि सीसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4