
१८ माघ, काठमाडौं । फोटो पत्रकार वर्षा शाहले संसदमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन् ।
शाहका अनुसार उनी शौचालय जाँदै थिइन् । मर्यादापालकले पुरुष शौचालय जान भनेको शाह बताउँछिन् । ‘महिला सांसद र महिला मर्यादापालकले प्रयोग गर्ने शौचालयमा जान मिल्दैन भनेर रोके,’ शाहले भनिन्, ‘माथिको आदेश भन्दै महिला शौचालयमा जान दिएनन् ।’
सचिवालयबाट जारी गरिएको परिचयपत्र देखाउँदा पनि अनावश्यक रूपमा केरकार गरेको उनले बताइन् ।
मर्यादापालकले महिला पत्रकारलाई पुरुष शौचालयमा जान निर्देशन दिएको भन्दै संसदीय मामिला पत्रकार समाजले आपत्ति जनाएको छ ।
‘महिला संचारकर्मीलाई पुरुष शौचालयमा जान भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सचिवालयले खटाएका सुरक्षाकर्मीबाट भएको छ,’ समाजले निकालेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4