१९ माघ, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले बुधबार राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अकको अग्रता बनाएको छ ।
बेटिसको मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । राफिन्हाले ६५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
यस्तै रोवर्ट लेवान्डोस्कीले ८०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ला लिगाका सर्वाधिक गोलकर्ता लेवान्डोस्कीको यो सिजन लिगमा १४औं गोल हो ।
बार्सिलोनाकै जुल्स कोन्डेले एक आत्मघाती गोल बेटिसलाई उपहार दिए ।
जितपछि बार्सिलोनाले १९ देलबाट ५० अंक जोडेको छ । रियलको १८ खेलबाट ४२ अंक छ ।
रियलले बिहीबार मभ्यालेन्सियासँग खेल्दैछ र उक्त खेल जितेमा बार्सिलोनासँगको अंक दूरी ५ मा घटाउन सक्नेछ ।
प्रतिक्रिया 4