
१९ माघ, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएको छ । यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बिहीबार बिहान १० नबज्दै कार्यालय आइपुगेका कर्मचारीहरुलाई फूलका गुच्छा दिंदै सम्मान गरे । उनले भने, ‘समयमै आउने र जनताका काम छिटो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने हाम्रो अभियान हो । सधैंभरी यसैगरी छिटो काममा आउनुहोला र सेवा दिनुहोला ।’
लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिका कार्यालयमा करिब ६० जना कर्मचारीहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4