+
+

प्रधानमन्त्रीको विश्वास : रास्वपाले समर्थन फिर्ता लिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १७:२१

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?