+
+

ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टुर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:१९

काठमाडौं । पपस्टार बियोन्सेले अपेक्षित रुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वर्ल्ड टुर गर्ने घोषणा गरेकी हुन् । उनले आधिकारिक वेबसाइटमा टुरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् ।

आगामी आइतबार हुन लागेको ग्रामी अवार्डको केही दिनअघि मात्र गरिएको यो विश्व टूरले बियोन्सेले उक्त कार्यक्रममा समेत सांगीतिक प्रस्तुति दिने अनुमानलाई बल दिएको छ । एल्बम ‘रेनासेन्स’बाट बियोन्से ९ विधामा मनोनित भएकी छन् । स्रोतका अनुसार बियोन्सेका पति जे जेडले ग्रामीमा यसपटक डिजे खलिदसँग मिलेर सांगीतिक प्रस्तुति दिँदैछन् । सम्भवतः उनले आफ्नो पछिल्लो गीत ‘गड् डिड’मा प्रस्तुति दिनसक्छन् ।

बियोन्सेले चार वर्षपछि पहिलोपटक गत जनवरी २१ दुबईको एटलान्टिस द रोयल रिसोर्टमा कन्सर्ट गरेकी थिइन् । यो प्रस्तुतिका लागि बियोन्सेलाई २४ मिलियन डलर पारिश्रमिक दिइएको जनाइएको छ । बियोन्सेले यसअघि नै रेनासेन्स तीन चरणको योजना रहेको बताएकी थिइन् । हुनसक्छ, तेस्रो चरण भनेको उनको नयाँ एल्बम वा टूर नै हुनसक्छ ।

बियोन्सेले यसपटक उत्तर अमेरिका र युरोपेली सहरमा टूर गर्ने तालिका सार्वजनिक गरेकी छन् । जसमा उनको पहिलो टूर मे १० मा स्वीडेनको स्टकहोमदेखि सुरु भएर सेप्टेम्बर २७ मा अमेरिकाको न्यु अर्लियन्समा पुगेर टुंगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?