+
+

नेताहरुलाई रविको फोन : आज सरकार छाड्छौं होला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:२०

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । रविले सरकार छाड्छौं होला भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका उनले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै हट्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?