+
+

गौतमलाई जन्मकैद हुने फैसला सर्वोच्चबाट सदर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १९:३२

१९ माघ, काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोप लागेकामध्ये एक पुष्कर गौतमलाई सर्वोच्च अदालतले पनि जन्मकैद हुने फैसला गरेको छ । गौतमलाई जन्मकैद हुने भनी उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

माओवादी सभासद बालकृष्ण ढुंगेल दोषी ठहर भएको उज्जन हत्याकै मुद्दामा पुष्कर सर्वोच्च अदालतबाट दोषी ठहर भएका हुन् । न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले ९ माघमा उच्च अदालतको फैसला सदर गरेको हो । तत्कालिन मुलुकी ऐन अनुसार जन्मकैद भएमा २० वर्ष कैद बस्नुपर्छ ।

माओवादी कार्यकर्ताले १० असार २०५५ मा श्रेष्ठको हत्या गरेका थिए । मुद्दा परेपछि फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो । त्यो मुद्दामा ९ जनालाई मुद्दा लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?