
१८ माघ, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।
अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले भने,‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनु हुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौं । मीले नेपालमा पहिलो पल्ट यस्तो शून्य प्रतिशत ईएमआईको सुविधा ल्याएको हो ।’
देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
‘त्यस्तै हाम्रा उपभोक्ताहरु पनि यो अफरसँगै बेस्ट मोबाइल डिल पाउन उत्साहित हुनुहुनेछ भन्ने हामीले सोचेका छौं,’ कम्पनीले भनेको छ ।
यो सँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमिका टिभी, ल्यापटप, लगायत स्मार्टफोनमा शून्य प्रतिशत इएमआइको सुविधासँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन् ।
यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुनेछ । त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ ।
प्रतिक्रिया 4