
१९ माघ, काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेको थियो ।
यसरी भएको सरुवा अनुसार अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको हो । मन्त्रालयका अनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनेका छन् । धनीराम शर्मा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । झक्कप्रसाद आचार्य वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन् ।
लक्ष्मीप्रसाद निरौला प्रशासन महाशाखा प्रमुख बनेका छन् । इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन् । रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनेका छन् ।
सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनेका छन् । कमलप्रसाद भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख तोकिएका छन् ।
सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन् ।
प्रतिक्रिया 4