
२० माघ, वीरगञ्ज । भालुले आक्रमण गर्दा पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।
ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएका हुन् । उनीहरु श्रीमान श्रीमति हुन् ।
शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।
जंगल क्षेत्रबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।
घाइते दुवैजनालाई नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4