+
+

स्वतन्त्र जितेकी सुरिता पार्टी प्रवेश गरेरै बनिन् पहिलो महिला मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते २०:२१

२० माघ, जनकपुरधाम। मधेश प्रदेशमा स्वतन्त्रबाट प्रदेशसभामा सदस्यमा जितेकी सुरिता कुमारी साह जसपा प्रवेश गर्दा मन्त्री पद उपहार पाएकी छन् । मधेश सरकारले शुक्रबार गरेको मन्त्री परिषद विस्तारमा जसपाबाट सुरिता सामाजिक विकास मन्त्री बनेकी हुन् ।

महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र जितेकी सुरिता मन्त्री पदकै लागि केही दिन अघि जसपामा प्रवेश गरेकी थिइन् । उीनसंगै पर्साको क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रमोद कुमार जयसवाल पनि प्रवेश गरेका थिए ।

मन्त्री भएकी सुरिता २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट प्रत्यक्ष जितेकी थिइन् । पछि जसपा हुँदै लोसपा हुँदा पनि उनलाई कुनैपनि पद पाइनन् । गत चुनावमा गठबन्धनको भागवण्डामा उनको क्षेत्र काँग्रेसको भागमा परेपछि साहले पार्टी परित्याग गर्दै स्वतन्त्रबाट चुनाव लडेकी थिइन् ।

उनले कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । सरकार गठनको बेला समर्थन दिएकी सुरिता मन्त्री पाउने सर्तमा जसपा प्रवेश गरेकी थिइन् । मधेश प्रदेश सरकारकै पहिलो क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाएकी हुन् । यसअघि लालबाबु राउत नेतृत्वको सरकारमा महिलालाई क्याबिनेट मन्त्री बनाइएको थिएन ।

तर उनको कार्यकाल भने चुनौतीपूर्ण देखिएको छ । मधेश सरकार गठनको बेला सत्ता गठबन्धन घटक जनमतको भागमा सो मन्त्रालय परेको थियो । पछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय हेरेफेर गरेका छन् ।

जसपाले सो मन्त्रालय आफैले राखेको छ । तर त्यस मन्त्रालयबाट शिक्ष झिकेर विज्ञान प्रविधि तथा वाणिज्य आपुर्ति मन्त्रालयमा समायोजन गरेको छ । शिक्षा विज्ञान प्रविधि तगा बाणिज्य आपुर्ति भने जनमतका महेश प्रसाद यादवलाई दिइएको छ ।

समाजिक विकास मन्त्रालय अन्य दललाई नदिनुको कारण सो मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य विभागमा यसअघिल्लो कार्यकालमा जसपाकै मन्त्री नवकिशोर साह पूर्ण कार्यकाल थिए र सो अवधिमा झण्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार भएको आशंका छ ।

पूर्व मन्त्री साह अहिले जसपका संघीय सांसद छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८ को प्रतिवेदनमा ७८ करोड रुपैयाँ बेरुजु समेत देखिएको थियो । जनमतका नेताहरुले भने भ्रष्टाचार ढाकछोप गर्न सो मन्त्रालय नदिएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?