+
+

युएईमा नेपालीले जिते ८३ करोड रुपैयाँको चिट्ठा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २१:०४

युएईमा एक नेपालीले करिव ८३ करोड रुपैयाँको चिठ्ठा जितेका छन् ।

कतारमा काम गर्दै आएका धनुषाका रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात् करिव ८३ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन् ।
शुक्रबार घोषणा भएको बिग टिकट अबुधावी चिठ्ठाको बिजेता बन्दै उनले यो रकम प्राप्त गरेका हुन् ।

सात बर्षदेखि कतारमा काम गर्दै आएका पालले जनवरी १६ तारिखमा साथीहरुसँग मिलेर यो चिठ्ठा किनेका थिए । उनी हाल कतारको इष्टर्न एक्सचेन्ज मनी ट्रान्सफरमा काम गर्दै आएका छन् ।

आयोजकसँग कुराकानी भएको र आफ्ना डकुमेन्ट पठाइसकेको उनले बताए । रकम प्राप्त भएपछि चिठ्ठा किन्न लगानी गरेका साथीहरुवीच बाँड्ने र आफ्नो भागमा पर्ने रकम नेपाल पठाउने बताएका छन् ।
करोडौं रुपैयाँको चिठ्ठा जिते पनि आफुले गर्दै आएको काम नछाड्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?