
Photo Credit : peoplesdispatch
२१ माघ, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ ।
तालिवानको रेड क्रिसेन्ट विभागलाई उद्धृत गर्दै बीबीसीले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ ।
अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदूषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० जना बिरामी परेका छन् ।
चिसोको प्रकोपले अफगानी नागरिक पीडित भइरहेको बेला अन्तर्राष्ट्रिय सहयोग पनि कम भइरहेको छ । तालिबानले महिलामाथि लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहयोग कम भइरहेको हो ।
बीबीसीका अनुसार अफगानिस्तानका एक करोड मानिसलाई तत्काल सहयोगको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4