
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4