+
+

नेपालमा फाइभजी सेवाको आन्तरिक परीक्षण आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ११:४३

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ ।

बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउनेछन् ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

२६०० मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधाराणका लागि सेवा उपलब्ध गराएइने कम्पनीका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?