
२२ माघ, काठमाडौं । गत साता अस्वभाविक रुपमा बढेको सुुनको मूल्यमा उच्च गिरावट सुरु भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्य एक लाख ६ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ६ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4