+
+

पार्टीको बैठकअघि रविले भेटे प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १२:०३

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

चितवन(२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् ।

त्यसैले अब के गर्ने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने छ । बैठकपछि सभापति लामिछानले संयुक्त पत्रकार सम्मेलन पनि गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?