+
+

फोन पे एपमार्फत बिना इन्टरनेट अफलाइन भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १२:०७

काठमाडौं । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

‘यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहान्छु,’ डेपुटी गभर्नर ढुंगानाले भनिन्,‘क्विआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।’

फोन–पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस अर्थतन्ध बनाउने अभियानलाई पनि साकार पार्न मद्धत गर्ने कम्पनीको विश्वास छ ।

फोन–पे को आफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वस्त रहेको फोन पे का सीईओ दिवश सापकोटाले बताए ।

फोन–पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?