
नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी
२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4