
२२ माघ, काठमाडौं । नेपालको पहिलो गभर्नर तथा अर्थसचिव हिमालय शमशेर राणाको निधनपछि नेपाल सरकार र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तिहरुले उनलाई स्मरण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका निम्ति उनले पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राणाको निधनबाट मुलुकको बैंक, वित्तीय संस्था एवम् समग्र क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन् । उनले राणालाई नेपालका गभर्नर तथा अर्थ कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्ति भएको समेत बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राणाको निधनले आफू अत्यन्तै दुःखी भएको बताएका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्माले समेत राणाको निधनबाट आफू दुखी भएको बताएका छन् । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले समेत उनको निधनले आफू दुखी भएको उल्लेख गरेका छन् ।
उता, राष्ट्रिय वाणिज्य बैंक, सिभिल बैंकलगायत कम्पनीले समेत उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4