+
+

उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन : प्राधिकरण अध्यक्ष खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:४०

२२ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् ।

टेलिकमको १९औं वार्षिकोत्सवमा बोल्दैे अध्यक्ष खनालले टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यकाभित्रै राम्ररी चल्न नसकेको बताएका हुन् ।

टेलिकमले आफ्नो सेवाहरुलाई गुणस्तरीय बनाउने कहिले हो भन्दै उनले प्रश्न गरे, ‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कोही कर्मचारीले भनिदिनुपर्‍यो । उपत्यकाको कुनै कुनामा जाँदा टेलिकमको फोर जी चल्दैन भने कसरी देशभर हामी फोरजी सेवा विस्तार गरेका छौं भनेर बुझ्ने ?’

प्रविधिमा दिनप्रतिदिन फड्को मारिरहेको बेला टेलिकमले सेवाहरुमा थप मेहनत गर्नुपर्नेमा उनले जोड दिए । ‘अब हामीले सेवा धेरै दिँदा पक्कै पनि रेभेन्यू घटेको छ। तर यसमा डाटा र भिडियोलगायतका अनेक सेवाहरुमा गुणस्तरीयता ल्याउन त सकिन्छ नि। टेलिकमले यसबारेमा राम्रोसँग सोच्नुपर्‍यो’ उनले भने ।

उनले दूरसञ्चार प्राधिकरण आगामी दिनमा टेलिकमसँग सहकार्य गरेर अगाडि बढ्ना तयार रहेको बताउँदै फाइबरका लागि फेरिपनि काम मौका खुलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?