+
+

रिद्धिसिद्धि सिमेन्टको आयोजनामा मकवानपुरको राक्सिराङमा स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:३७

मकवानपुर ।  रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको राक्सिराङमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

राक्सिराङ गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साइन्सको प्राविधिक सहयोग गत बुधबार स्वास्थ्य शिविर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

शिविरमा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाड जोर्नी तथा नशा रोग, छालासम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको कम्पनीले जनाएको छ । स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कम्पनीका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा सञ्चालित शिविरमा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?