
२२ माघ, काठमाडौं । एयरपोर्ट होटल काठमाडौंं ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’ बाट पुरस्कृत भएको छ । साटाले हरेक वर्ष प्रदान गर्नेे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदित पुरस्कार हो । माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकहरुमा घोषणा भएको हो ।
१२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित पहिलो सुविधा सम्पन्न होटल हो । होटेलले खाने बस्ने सुविधासँगै मनोरञ्जन, सभा सम्मेलन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । यहाँ नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4