+

साविक विजेता एपीएफ र न्यु डायमन्ड फाइनलमा

२०७९ माघ  २२ गते १९:१० २०७९ माघ २२ गते १९:१०
साविक विजेता एपीएफ र न्यु डायमन्ड फाइनलमा

२२ माघ, काठमाडौं । साविक विजेता एपीएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेका छन् ।

४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधि भिडन्त पक्का गरेका हुन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्‍यो ।

पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले ६ अंक बनाउन सफल भयो ।

एपीएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन् ।

पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले दोश्रो खेलमा नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाइनल प्रवेश गरेको हो ।

उपाधिका लागि डायमन्डले साविक विजेता एपीएफको सामना गर्ने छ ।

पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्डले बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाइनल यात्रा तय गरेको हो ।

न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजारसहित ट्रफी प्राप्त गरिन् ।

महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय