
२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरमार्फत हुने कार्यसम्पादनबारे दैनिक रुपमा प्रगति विवरण लिने भएका छन् ।
मेयर बालेनलाई महानगरका सबै विभाग, सचिवालय, इकाइ, आयोजना तथा कार्यक्रमहरुबाट दैनिक रुपमा सम्पादन भएका कार्यहरुको विवरण एकीकृत गरी प्रत्येक दिन साँझ ७ बजेभित्र पेश गर्नुपर्ने शुक्रबार एक पत्र मार्फत सूचना प्रविधि विभागले निर्देशन दिएको छ ।
विभागको निर्देशनमा मेयर बालेनलाई दैनिक रिर्पोट पठाउनु अघि प्रमुख प्रशासकीय अधिकृतलाई पनि पठाउन भनिएको छ ।
मेयर साह र प्रमुख प्रशासकीय अधिकृतलाई दैनिक रिर्पोट पठाउनका लागि सूचना प्रविधि विभागले ढाँचा समेत पठाएको छ ।
यस्तो छ ढाँचाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4